एजेन्सी । पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी दिएको अमेरिकाको गुप्तचर निकायले जनाएको छ । सीआईएका प्रमुखले अमेरिकी कँग्रेसमा परमाणु शक्ति सम्पन्न दुवै छिमेकी देशबीच सीमा क्षेत्रमा भइरहेको गोली प्रहारले संघर्षको रुप लिनसक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

सीआईए प्रमुखले अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी गराएका हुन् । अघिल्लो वर्ष भारतमा भएको दुई चरमपन्थी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध यो वर्ष बिग्रन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

विशेष गरी भारतमा कुनै प्रकारको आतंकवादी आक्रमण भए यो अवस्था झनै बिग्रन सक्ने सीआईएको ठहर छ । भारतले आफ्नो भूमिमा हुँदै आएको चरमपन्थी हमलाको योजना पाकिस्तानमा बन्दै आएको आरोप लगाउँदै आएको छ । यदि सीमा क्षेत्रमा भैरहेको हमला कम भएमा साथै पठानकोट आक्रमणबारे अनुसन्धानमा प्रगति भएमा भने यहि वर्ष दुवै देशबीच वार्ता सुरु हुन सक्ने पनि आँकलन गरिएको छ । पछिल्लो केही समययता भारत र पाकिस्तान दुवैले एक अर्कालाई सीमा क्षेत्रमा युद्धविरामको उल्लंघन गरिरहेको आरोप लगाउँदै आएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments