सभासद्हरुले राहत वितरणमा विभेद् गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

आज बसेको  राज्य ब्यवस्था समितिको बैठकमा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्री क्षेत्रमा राहत वितरण प्रभावकारी भए पनि अरु क्षेत्रमा विभेद् गरेको भन्दै विरोध गरेका हुन ्।
विरोध गर्नेहरुमा कांग्रेसका सभासद् अमरेश कुमार सिंह, अर्जुनप्रसाद जोशी, सन्जयकुमार गौतम र एमालेका गंगालाल तुलाधर छन् । उनीहरुले यथिशघ्र विस्थापितहरुलाई राहत उपलब्ध गराउन मागसमेत गरेका थिए।

बैठकमा गृहमन्त्री बामदेव गौतमले मुलुकभरि बाढी पहिरफका कारण जेठदेखि अहिलसम्म २ सय ३१ जनाको मृत्यु भएको बताउनुभयो  ।

Comments