काठमाडौं । टर्कीको बोड्रम सहरमा सम्पन्न बालबालिकाको अन्तर्राष्ट्रिय लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा नेपालकी विशेषता बुढाथोकीले जितेकी छिन् ।

विश्वका करिब तीन दर्जन मुलुकका बालबालिकाको सहभागिता रहेको उक्त  प्रतियोगितामा काठमाण्डौंको बालुवाटारस्थित जोन डेवे स्कुलमा कक्षा ५ अध्ययनरत छात्रा विशेषता बुढाथोकीले जितेकी छिन् ।

प्रतियोगिता अन्तर्गत मिडिया ल्यान्डको आयोजनामा सञ्चालन भएको जुनियर ब्याटल अन्तर्गतको लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१७ विधामा सेकेन्ड रनर्स अप भएकी विशेषताको अन्तराष्ट्रिय प्रतियोगिताको संयोजन मिडिया ल्यान्डले गरेको हो ।

प्रतियोगिताका लागि विशेषतालाई स्वजन रघुवंशीले ट्यालेन्ट राउन्डका लागि तयार पारेका थिए भने उनका पहिरन फेसन डिजाइनरद्वय उत्तम बनेपाली तथा जानकी श्रेष्ठले तयार गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments