पार्टी अनुशासन उल्लघंन गरेको अभियोगमा गत १९ साउनमा कारबाही परेका डा. बाबुराम  भट्टराई पक्षीय दुई नेता गंगा श्रेष्ठ र रामरिझन यादवमाथि कारबाही फुकुवा गरिएको छ | लिखित रुपमा  निलम्बनमा परेका नेताहरुको कारबाही फुकुवाको घोषणा संस्थापनले नगरेपनि मौखिक रुपमा कारबाही फुकुवा गरेको एकीकृत नेकपा माओवादी श्रोतलाई उल्लेख गर्दै आजको राजधानी दैनिकले समाचार छापेको छ |

गत साउन १९ गते बसेको एमाओवादी स्थायी समिति बैठकले पोलिटब्युरो सदस्य श्रेष्ठलाई तीन महिना र केन्द्रीय सदस्य रामरिझन यादवलाई एक महिनाको लागि निलम्बन गरेको थियो । उनीहरुलाई धनुषामा समानान्तर समिति निमार्णमा मुख्य दोषी ठहर गर्दै निलम्बन गरिएको थियो ।

Comments