समीक्षकहरुका नजरमा उत्कृष्ट ठहरिएका फिल्म र कलाकारहरुलाई सोमबार अवार्ड वितरण गरिएको छ।
सात विधामा वितरित अवार्डमा ‘वधशाला’ ले उत्कृस्ट  फिल्म को सम्मान पाएको छ | ‘वधशाला’बाट शैलेन्द्र डि कार्कीले उत्कृष्ट छायाँकारको अवार्ड पनि जिते। उत्कृष्ट निर्देशक र पटकथाको अवार्ड फिल्म ‘साँघुरो’बाट क्रमशः जोयस पाण्डे र विनोद पौडेलले प्राप्त गरे।
त्यस्तै ‘मोक्ष’बाट कोशिस क्षेत्री उत्कृष्ट अभिनेता, ‘उमा’बाट ऋचा शर्मा उत्कृष्ट अभिनेत्री र ‘कर्कश’बाट लोकेश बज्राचार्य उत्कृष्ट सम्पादक भए।
नेपाल चलचित्र समीक्षक समीक्षक समाजले पहिलोपल्ट अवार्ड वितरण गरेको हो। आयोजक  समाजले गत असारमा २०७० सालका विजेताहरुको नामावली सार्वजनिक गरेको थियो। विजेताहरुलाई काठमाडौंको मण्डला थियटरमा सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले अवार्ड तथा प्रमाणपत्र वितरण गरेका थिए।

 

Comments