बैतडी । बैतडीमा मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुने भएको छ । सरकारले दुई चरणमा निर्वाचन गर्ने भएपछि स्थगित भएको मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन गर्ने भएको हो । बैतडीमा जेठ ५ गतेबाट मतदाता शिक्षा कार्यक्रम पुनःसञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

बैतडीमा जेठ ३१ गते निर्वाचन हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुन लागेको हो । मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न यसअघि नै छनोट भएका १ सय ८७ जना मतदाता शिक्षा स्वयम्सेवकलाई परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

 

Comments