सुर्खेत । सुर्खेतको चिङगाडमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका देवबहादुर चन्द २ हजार ९ सय ४९ मतसहित अध्यक्षमा विजयी हुनु भएको छ । चन्दका निकटतम प्रतिद्वन्दी एमालेका बखतबहादुर खत्रीले २ हजार ३ सय ८५ मत र माओवादी केन्द्रका बोधविक्रम जिसीले १ हजार ७ सय २१ मत प्राप्त गर्नु भएको छ ।

चिङगाड गाउँपालिका उपाध्यक्षमा पनि काँग्रेसकै मनमाया आचार्य विजयी हुनु भएको छ । उहाँले २ हजार ८ सय ७७ मत प्राप्त गरी विजयी हुनु भएको हो । एमालेकी दीपा कुमारी रानाले २४१४ र माओवादी केन्द्रकी तेजकुमारी राना १५१९ मत प्राप्त गर्नु भएको छ ।

चिङगाड गाउँपालिकाका ६ वडामध्ये १, २ र ४ मा काँग्रेसको प्यानल विजयी भएको छ भने वडा नम्बर ३ तथा ५ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा नम्बर ६ मा भने एमाले विजयी भएको छ ।

Comments