काठमाडौ । स्थानीय निर्वाचनअन्तर्गतको जारी मत गणनामा काठमाडौं महानगरपालिकाको प्रमुखमा अहिले नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले अग्रता लिनुभएको छ ।

मेयरमा

एमाले – ३४९

साझा पार्टी –२३२

कांग्रेस – ५८१

विवेकशिल – २३३

नयाँ शक्ति – १८

माओवादी केन्द्र – ३४

गणना कार्यमा तीव्रता दिन अहिले तीन समूह टोली बनाई गणना सुरु भएको छ । सोमबारबाट एक टोलीबाट सुरु गरिएको मतगणना अहिले तीन समूहमा गणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ मत गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । ढिलाइ भएको गुनासोपछि आयोगले टोली बढाएर छिटो गणनाका लागि निर्देशन पनि दिएको थियो ।

Comments