मुस्ताङ । मुस्ताङको दालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार दालोमे गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार लोप्साङ छोम्फेल विष्ट विजयी हुनुभएको हो ।

उहाँले ७ सय ५५ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका तेन्जिङ छिरिङ गुरुङले २ सय ३ मत प्राप्त गर्नुभएको थियो  । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार ढोका गुरुङले ६ सय १ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

जिल्लाका अन्य चार गाउँपालिकामा मतगणना जारी छ ।

Comments