चितवन । खैरहनी नगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । ४ सय २ मत  गणना भएकोमा मेयरका उम्मेदवार एमालेका लालमणी चौधरीले १ सय ३८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार एकराज डल्लाकोटीले १ सय ३४ मत प्राप्त गरेका छन् ।

रत्ननगर नगरपालिका वडा नम्बर १ र १६ मा एमाले अगाडी

प्रारम्भिक मत परिणाम अनुसार चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ र १६ मा एमाले अगाडि छ । वडा नम्बर १ र वडा नम्बर ११ को ४०० मत गणना भएकोमा मेयर पदका एमालेका उमेद्धवार नारायण वनको २ सय १८ मत, काँग्रेसका मेयर पदका उम्मेदवार रुपनराज घिमीरकोे २१६ र मओवादीका मेयर पदका उम्मेदवार पूर्व वहादुर अम्गाईले ५५ मत प्राप्त गर्नुभएको छ ।

Comments