काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा जारी मतगणनाको अहिलेसम्मको मतपरिणाम अनुसार मेयर पदमा नेपाली काँग्रेस अग्रस्थानमा छ भने उपमेयरमा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

प्राप्त मतपरिणाम अनुसार गणना भएको कुलल मत एक हजार १ सय ४९ मतमध्ये मेयर पदमा नेपाली काँगे्रसले ५ सय २३ मत, नेकपा एमालेले ३ सय ८२ मत, माओवादी केन्द्रले २ सय २८ र राप्रपाले जम्मा १६ मत प्राप्त गरेको छ ।

उपमेयर पदमा भने एमालेले अग्रता लिएको छ । मत गणनाको प्ररम्भीक परिणाम अनुसार एमालेले ८ सय १५, नेपाली काँग्रेसले ५ सय १४, नेकपा माओवादी २ सय ८ र राप्रपाले १६ मत पाएको छ । गोकर्णेश्वर नगरपालिकाका वडाध्यक्षमा पनि नेकपा एमालेको अग्रता छ ।

एमालेले ४ सय ५२, नेपाली काँग्रेस ४४९, नेकपा माओवादी केन्द्रले २सय २४ र राप्रपाले १३ मत प्राप्त गरेको छ ।

 

Comments