मेलबर्न । युरोभिजन गायन प्रतियोगिताको स्टेजमा एक युवाले अष्ट्रेलियाको झण्डा सहित स्टेजमा उक्लिएर आफ्नो कपडा खोलेर अङ्ग (हिप) प्रदर्शन गरेका छन् । उक्राइनका संचारकर्मी भीताली स्दिउकले अघिल्लो वर्षको युरोभिजन विजेता जमालाले गीत गाईरहेको बेलामा स्टेजमा उक्लिएर त्यस्तो हर्कत गरेका हुन् ।

ती युवा स्टेजमा उक्लिएर जमालाको अगाडी उभिए र दर्शकको अगाडी कपडा तल झारेका थिए । जमालाले भने उनलाई बेवास्ता गरेर गीत गाईरहेकी थिईन् । युरोभिजनको लाईभ फाइनल कार्यक्रममा त्यो हर्कत गर्ने ती युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पाँच वर्ष कैद वा जरिवाना हुन सक्ने बताईएको छ ।

भितालीले यस अघि पनि यस्ता हर्कत गर्ने गरेको बताईएको छ। उनले वेल स्मिथलाई ओठमा चुम्बन गर्न खोज्दा स्मिथ जोगिन सफल भएका थिए। उनले विभिन्न कार्यक्रममा आफ्नो हर्कतले सेलिब्रेटीहरुलाई सताउने गरेका छन् । त्यसैले गर्दा उनि प्र्यांकस्टारको रुपमा समेत चिनिन्छन् । भिडियो , समाचार स्रोत

Comments