काठमाडौं । मकवानपुर जिल्लाको महनहरिमा सुरक्षाकर्मी र अज्ञात समूहबीच गोली हानाहान भएको छ ।
आइतबार बिहान २ बजेर ५० मिनट जाँदा मनहरि– २ वस्तिुपर भन्ने स्थानमा अज्ञात समूहले सुरक्षा निकायलाई लक्षित गरेर स्वचालित हतियार चलाएको हो । स्रोतका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा अपहरणमा परेका उम्मेदवारलाई खोजतलास गर्ने क्रममा सुरक्षा निकायमाथि अज्ञात समूहले गोली चलाएको थियो ।
जवाफमा सुरक्षा निकायले पनि गोली चलाएको छ । दुबै पक्षबाट गोली प्रहार भए पनि कुनै हताहत भएको छैन । सुरक्षा निकायले गोली चलाएपछि अज्ञात समूह भागेको स्रोतले जनाएको छ ।
उच्च सुरक्षा स्रोतका अनुसार गोली प्रहार गर्नेहरू ‘नेकपा’का कार्यकर्ता रहेको हुन सक्ने जनाइएको छ । स्थानीय तहको निर्वाचन विथोल्ने जनाएको नेकपाले विरोध स्वरुप विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments