कास्की । एमालेले निर्वाचन आचार संहिता विपरित भोजभतेर खुवाएको भन्दै कास्कीको ताराङकोट ध्रुव मावि मतदान केन्द्रमा तोडफोड भएको छ ।

तारङकोटका मतदातालाई मौन अवधिमा एमालेले खसी काटेर भोज खुवाए पछि विबाद भएको थियो । काँग्रेस र माओवादी केन्द्र सहित अन्य राजनीतिक दलले विरोध स्वरुप मतदान स्थल ताडफोड गरेको क्षेत्रिय निर्वाचन अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । भोज खुवाउनु आचार संहिता विपरित भएको भन्दै काँगे्रस एमाले कार्यकर्ताले निर्वाचन अधिकृत समक्ष उजुरी गरे पनि सुनुवाई नभएपछि आक्रोसित कार्यकर्ताले मतदान स्थल तोडफोड गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments