वरिष्ठ गीतकर क्षेत्र प्रताप अधिकारीको शब्द रचनामा गायक आशिष श्रेष्ठको स्वरमा सजिएको  “नेपालीको आँखा भरी”  बोलको गीत १६ औं  टुबोर्ग इमेज अवार्डमा उत्कृस्ट राष्ट्रिय भावनाको गीत क्याटागोरी अन्तर्गत मनोनयनमा परेको छ | यस गीतमा संगीत चन्दन श्रेष्ठले दिएका छन् | 
अष्ट्रेलियामा बसेर गायन र संगीतलाई आत्मसाथ गरि रहेका सुमधुर स्वरका धनि एवं कला प्रेमी हुन्, आशिष श्रेष्ठ | एक दर्जन बढी सांगीतिक एल्बम मार्फत आफ्नो प्रतिभा पस्किसकेका श्रेष्ठ संगीतको सामर्थ्य र स्वर्गीय आनन्दमा अपार विश्वास गर्छन् | नेपाल बाहिर रहेका गायक श्रेष्ठले “आयान स्कुल अफ म्युजिक” नामको सङ्गीत पाठशाला खोलेर अष्ट्रेलियामा बाध्यवादन तथा भोकल ( स्वर ) कक्षा समेत सुरु गरेका छन् |

Comments