मेलबर्न । नेपाली चलचित्रका कलाकार दीपक क्षेत्रीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग रकम संकलन भएको छ । सहयोग रकम संकलन अभियानमा जुटेका अ एमआरआर Admin हेमन्त लामिछानेले अष्ट्रेलियावासीबाट १३४१ डलर संकलन भएको बताउनुभएको छ ।

लामिछानेले संकलन भएको उक्त रकम नेपाल स्थित ” दीपक क्षेत्री बचाऊ अभियान” समूहलाई पठाईसकिएको जानकारी दिनुभयो । सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले भन्नुभयो,” फेसबुकमा रहेको एमआरआर ग्रुपले मनोरन्जनात्मक पोस्टहरु मात्र गर्ने नभई सन् २०११ देखि नै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ (https://www.facebook.com/MRRNepal1/) । यसै अन्तर्गत “दिपक क्षेत्री बचाऊ अभियान” सुरु गरिएको हो र यसको लागि अष्ट्रेलियामा रहेका सदस्यहरुले यहाँ पनि यो अभियान चलाएका हौँ । यो अभियानबाट हालसम्म जम्मा भएको रकम नेपालमा रहेको एमआरआर समूहलाई पठाईसकेका छौं ” ।

त्यस्तै अष्ट्रेलियामा रहेका एमआरआर सदस्य निक सुवेदीले ग्रुपको सहयोगी तथा परोपकारी अभियानले आफूलाई सन्तुष्टी दिएको बताउनुभयो । एमआरआरकै अर्का सदस्य संदेश जी.सी ले यो ग्रुप मार्फत परोपकारी कार्यमा संलग्न हुन पाउँदा खुशी लागेको भन्दै ग्रुपले यस्ता कार्यहरुलाई अझ बढाउँदै लैजानुपर्ने र यसमा साथ निभाउनको लागि अष्ट्रेलियामा रहेका युवाहरु सधै तयार रहेको बताउनुभयो।

वहाँहरुले यस कार्यक्रमलाई पारदर्शी गराउने चाहनाले सम्पूर्ण सहयोगी दाताहरुको नाम समेत बाहिर ल्याउन चाहेको बताउनुभएको छ ।
सहयोगी दाताहरु
निक सुवेदी : १०५ $      संदेश जी.सी: ५० $     सम नेपाली: ७० $    ओल्गा गुरागाईं: ४० $     मनिष घिमिरे: ५५ $
अनिश बस्नेत : ३० $       राजेश महर्जन : ३० $              ( नाम खुलाउन नचाहने ) : ३० $       स्वस्थानी थापा : ३० $
सरोज हमाल: २० $         लक्ष्मी थापा : २० $                                  रुपा रावत : १५ $              उत्तम थापा : १२ $
निरज रिजाल : १०१ $   (नाम खुलाउन नचाहने ) : १०० $          गेल्मु श्रेष्ठ : ५५ $                      संजय बस्नेत : ५१ $
दिवस परियार : ५० $        खेम कोइराला : ५० $                           ध्रुव थापा : ३०                      संजय पण्डित t : ३० $                                     मनोज ओली : ३० $          सुजिन पाण्डे : २५ $                     उत्तम अर्याल  : २५ $                     पदम पुलामी : २५  $                                        प्रश्वास गिरि : २१ $                 सन्तोष महत : २१ $                   अनिल आचार्य : २० $                  अविरल कार्की : २० $
बिनोद गुरुङ : २० $             रोशन सत्याल : २० $                    मनिष सुवेदी : २० $                    सिराज खान : २० $
रिंकु जिन्दल : २० $             सतिश पहारी  : २० $                   दिनकर भट्ट : १५ $                 सचिन डल्लाकोटी : १५ $                                           विप्लभ कोइराला : १० $       केशव खड्का : १० $                 बिनोद कपाली : ५ $                        आयुष्मा खरेल : ५ $

विगत तीन दशकदेखि निरन्तर नेपाली चलचित्रमा अभिनय गर्दै आइरहेका कलाकार क्षेत्री यतिखेर चरम आर्थिक संकटमा छन् । लामो समयदेखि अस्वस्थ रहँदै आए पनि दैनिक जीवन चलाउन उनले चलचित्र अभिनय गर्न भने छाडेका छैनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments