नवलपरासी । नेपाल–भारत सीमा नाका शनिबर बिहानदेखि बन्द (सिल) गरिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सीमा बन्द गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो ।

निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघिबाट नवलपरासीको त्रिवेणी नाका सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ । शनिवार बिहान ७ बजेबाट यो नाका सिल गरिएको छ । दुई देशका सुरक्षा निकायका प्रमुखको भारतका विहारमा भएको दुई पक्षीय सुरक्षा निकायको बैठकपछि सीमा नाका २४ घण्टाअघिदेखि बन्द गर्ने सहमति भएको थियो ।

पहिलो चरणमा नवलपरासीको प्रदेश नम्बर ४ मा मात्र निर्वाचन हुँदैछ । त्रिवेणीका केही ठाउँलाई पनि पछिल्लो समय प्रदेश ४ मा नै गाभिएका कारण यो सीमा नाका बन्द गरिएको हो । आइतबार वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा मतदान हुँदैछ । अन्य चार प्रदेशमा भने जेठ ३१ गते मतदान तोकिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments