सरकारले आफै इजरायलमा कामदार पठाउँने भएको छ ।

म्यानपावर कम्पनीबाट कामदार पठाउँन बन्द भएपछि सरकार आफैले सिक र कमाऊ अर्थात लर्न एण्ड अर्न अवधारणामा नेपाली प्रशिक्षार्थी कामदार इजरायल पठाउने तयारी गरेको हो ।
दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी तह जी टु जी मोडेल मा कामदार पठाउन लागिएको छ । इजरायलले पनि सरकार आफैले कामदार पठाउँने जिम्मा लिएमा नेपाली कामदारलाई रोजगारी दिन तयार रहेको जानकारी गराईसकेको छ ।

श्रम तथा रोजगार मन्त्रालयका अधिकारीले इजरायलले नेपाली कामदार लिने संकेत गरेपछि सरकारी तवरबाट प्रशिक्षार्थी कामदार पठाउँने तयारी थालिएको जानकारी दिनुभयो ।

Comments