मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अध्ययनरत विद्यार्थीहरुले यात्रामा सहुलियत पाउने भएका छन् । जारि नयाँ बजेट अनुसार भिक्टोरिया राज्यले फुल टाइम अन्डर ग्राजुएट कोर्स र हाइयर भीईटि कोर्स पढ्ने विदेशी विद्यार्थीहरुको लागि छुट सुविधा ल्याएको हो ।

नयाँ नियम अनुसार भिक्टोरियामा पढ्ने विद्यार्थीहरुले यात्रामा २५ प्रतिशत छुट पाउने छन् भने तोकिएका शैक्षिक संस्थामा पढ्ने विद्यार्थीहरु थप २५ प्रतिशत गरि ५० प्रतिशत छुट पाउनेछन् । तोकिएका शैक्षिक संस्थाहरु निम्न छन् :

– Australian Catholic University

– Box Hill Institute

– Chisholm Institute

– Danford College

– Deakin University

– Education Access Australia

– Holmesglen Institute

– Job Training Institute

– Kaplan Business School

– La Trobe University

– Melbourne City Institute of Education

– Melbourne University

– Monash University

– Photography Studies College

– RMIT University

– SAE Creative Media Institute

– South Pacific Institute

– Swinburne University

– Universal Institute of Technology

– University of Divinity

– Victoria University

त्यस्तै, सार्वजनिक बसको यात्रामा पास मार्फत दिंदै आएको ५० प्रतिशत छुट सेवालाई समेत सन् २०१८ सम्म निरन्तरता दिईने भएको छ ।

Comments