काठमाडौं । सोमबार साँझ उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । मन्त्रीद्वय जितेन्द्रनाराण देव र गोपाल दहितले पनि सोमबार नै मन्त्री पदको सपथ ग्रहण गर्नुभयो ।

नवनियुक्त मन्त्री देवलाई पर्यटन तथा नागरिक उड्डयन र दहितलाई भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध माओवादी केन्द्र र नेपाली काँग्रेसले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएपछि असहमति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो ।

रिक्त रहेका मन्त्रालयमा लोकतान्त्रिक फोरम सरकारमा सहभागी भएको हो । राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।
नेपाल लोकतान्त्रिक फोरमबाट सरकारमा सहभागी हुनु भएका जितेन्द्र नारायण देवलाई नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भूमि सुधार मन्त्रालयको जिम्मेवारी गोपाल दहितलाई दिइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments