भरतपुर । उखरमाउलो गर्मीमा शनिबार दिउँसो भरतपुर ओरालोको आइल्याण्ड रिपोर्टमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ता खलखल पसिना बगाउँदै जम्मा भइरहेका थिए ।

पहिलो पटक महानगर बनेको खुशीमा डुबेको नारायणी किनारको यो सहर स्थानीय चुनावमा तालमेलको तालमा नाचिरहेको छ । कताकतै भने ताल नमिल्दा चुनावी समीकरण नै हल्लिइरहेझै लाग्छ । आइल्यान्ड रिसोर्टमा त्यही ताल हिलाउन काँग्रेस र माओवादीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।

२०५२ मा दसवर्षे ‘जनयुद्ध’ थालेदेखि नै आफूले ‘दुस्मन शक्ति’ मानेको काँग्रेससँग माओवादी केन्द्रको संयुक्त सरकार अहिले छ । यही सत्तागठबन्धनलाई निर्वाचनमा पनि कायम गर्न दुई दलबीच तालमेल भएपछि यसको सबभन्दा ठूलो चर्चा भरतपुर महानगरमा भयो । ‘हात काटिन्छ तर माओवादीलाई भोट हालिन्न’ भन्दै सडकमा उत्रिएका काँग्रेस कार्यक्रता सभापति शेरबहादुर देउवाले नै मेयर उम्मेदवार दिनेश कोइरालाको नाम फिर्ता लिएपछि पनि शान्त हुन सकेनन् । शनिबार चारबुँदे सहमती गरी चितवन काँग्रेस र माओवादीले ‘माहोल मिलेको’ संकेत गरे ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments