काठमाडौं । संघीय समाजवादी फोरमको चुनाव चिन्ह ‘मसाल’ चुनाव चिन्ह लिएर स्थानीय तहको निर्वाचनमा होमिएको नयाँ शक्ति पार्टी नेपालले घोषणा पत्र सार्वजनकि गरेको छ ।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिले ५ वर्षमा देशलाई विकासशील देश बनाउने योजना सार्वजनिक गरेको छ । नयाँ शक्तिले अबको २० वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक गरेको घोषणा पत्रमा समृद्ध देश निर्माणका लागि ५ वर्षे, १५ वर्षे र २५ वर्षे लक्ष्य सार्वजनिक गरेको हो । घोषण पत्रमा ५ वर्षमा देशलाई विकासशील देशमा स्तरोन्नति गर्ने, सन २०३० सम्ममा मध्यम आय भएको देशको दर्जामा पु¥याउने र सन् २०४० सम्म देशलाई विकासको विन्दुमा पु¥याउने लक्ष्य उल्लेख गरेको छ ।

यस्तै, अबको ५ वर्षमा प्रतिव्यक्ति औसत आम्दानी २ हजार डलर पु¥याउने, निरपेक्ष गरिबी १० प्रतिशतमा झार्ने, वार्षिक तीन लाख रोजगारी सिर्जना, दुईवटा उत्तर–दक्षिण आर्थिक करिडोर सञ्चालनमा ल्याउने, १५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा व्यवस्था गर्ने योजना छन् ।

समाजका सबै वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई धनी बनाउन आर्थिक वृद्धि र समन्यायिक वितरणको गतिशील सन्तुलन मिलाउँदै जाने पनि नयाँ शक्तिले घोषणपत्रमा उल्लेख गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments