काठमाडौं । प्रिमियर लिग लिडर चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको सेमिफाइनलमा दोस्रो स्थानमा रहेको टोटनह्यामलाई ४–२ ले हराएर चेल्सी एफए कपको फाइनलमा पुगेको हो ।

विलियनले गरेको दुई तथा इडन हजार्ड र नेमान्जा म्याटिकले गरेको गोलले अग्रता दिलाएको थियो ।

चेल्सीले अब उपाधिका लागि आर्सनल र म्यानचेस्टर सिटीबिच हुने सेमिफाइनलको विजेतासँग खेल्ने छ । आर्सनल र म्यानचेस्टर सिटीबिचको सेमिफाइनल खेल आज राति हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments