एजेन्सी । अमेरिकाको क्लीवल्याण्ड शहरमा एक वृद्ध नागरिकको हत्याको सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरिएको भेटिएपछि हत्याराको खोजी तीव्र पारिएको छ ।

अमेरिकाको क्लीवल्याण्डमा प्रहरीले मृतकलाई ७४ वर्षीय रोबर्ट गुडविन भनेर दाबी गरेको छ ।

घटनामा संलग्न रहेको आशंकित स्टीभ स्टीफन्सले अर्को एक भीडियोमा अरु १३ जनालाई पनि हत्या गर्ने चेतावनी दिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्टीफन्सको खोजीमा जुटेको छ । हत्याराको खोजिमा ओहायो राज्य र अरु क्षेत्रमा खोजी तीब्र पारिएको छ ।

हत्यारा देख्ने वित्तिकै सूचना दिन र उक्त व्यक्तिको नजिक नजान सचेत गराउँदै प्रहरीले शंकास्पद व्यक्तिको तस्वीर सार्वजनिक गरेको छ ।

गत वर्ष जूनमा पनि शिकागोमा यस्तै गरी हत्याको प्रत्यक्ष दृष्य देखाइएको थियो । मार्चमा एक व्यक्तिलाई १६ पटक गोली हानी मारिएको दृष्य प्रत्यक्ष देखाइएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments