काठमाडौं । वैशाख महिनाको शुरुवातसँगै मुलुकभर बर्षा भएकोे छ ।

काठमाडौ उपत्यकामा शुक्रबार राति असिना पानी परेको थियो भने देशभरिका अधिकांश पहाडी जिल्लाहरुमा रातभरी नै बर्षा भएको थियो । अकस्मात परेको असिना पानीले  बर्खे तरकारीलाई क्षति पुर्याएको छ । एकातिर असिना पानीले भर्खरै रोपिएको तरकारी बालीलाई क्षति पुर्याएको छ भने अर्कोतर्फ अहिलेदेखि नै बर्षा सुरु भएपछि धान रोप्ने  समयमा बर्षा नहुने हो की भन्ने चिन्ता किसानहरुमा देखिन थालेको छ ।

बर्षाले कास्की लगायतका पहाडी  जिल्लाहरुमा  आन्तरिक उडान अबरुद्घ भएको अन्तराष्ट्रिय बिमानस्थलले जानकारी दिएको छ । शनिवार पनि दिनभर मुलुकका सबैजसो जिल्लाहरुमा बादल लाग्ने र छिटफुट बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति भने पूर्वाञ्चल र मध्यपश्चिम क्षेत्रमा बादल लाग्ने र हल्का बर्षा हुनेछ । हिमाली जिल्लाहरुमा भने हिउँ पर्ने सम्भावना समेत देखिएको छ ।

सामान्यतया नेपालमा जेठ महिनाबाट मनसुन सुरु हुने भएपनि बैशाखको पहिलो दिनमै यसरी बर्षा हुनु मौसम परिवर्तनको परिणाम भएको मौसम्विद्हरु बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments