मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा रहेको नेपलिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले नयाँ वर्ष २०७४ लाई स्वागत गर्ने उदेश्यले आज (वैशाख १) देखि न्याभ मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट संचालन गरेको छ ।

नेपाली समुदायको खेल क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको न्याभले पहिलोपटक मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट आयोजना गरेको हो । प्रतियोगिता आज वैशाख १ (अप्रिलको १४) देखि वैशाख ३ (अप्रिल १६) सम्म हुनेछ ।

न्याभले भिक्टोरीयामा नेपाली समुदायलाई सबल बनाउने थप कार्यक्रमहरु गर्ने र भिक्टोरीया र बाहिर स्थित अरु समुदायहरुसँग मैत्रिक सम्बन्ध गास्दैँ, मैत्रभाव फैलाई भिक्टोरीयाको नेपाली समाजलाई अझ सबल र स्वस्थ बनाउने प्रतिबद्धता जाहेर गर्दै सम्पुर्ण न्याभका सदस्यहरु, भिक्टोरिया तथा बाहिर रहनु भएका बिभिन्न नेपाली तथा विदेशी संस्थाहरु तथा सम्पूर्ण नेपालीहरुमा नव बर्षको शुभकामना व्यक्त गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments