ललितपुर । जलवायु परिवर्तनको असर हिन्दूकुश हिमालय क्षेत्रमा बढिरहेकाले त्यसको न्यूनीकरणका लागि सक्षम जलवायु कार्यको खोजी गर्नका लागि काठमाडौमा विज्ञहरुबीच  छलफल सुरु भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूहको सहकार्यमा जनसंख्या तथा वातावरण मन्त्रालय र एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड) को संयुक्त आयोजनामा मङ्गलबारदेखि अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।

तीन दिनसम्म हुने सम्मेलनमा नेपाल, अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मार र पाकिस्तानसहित १५ देशका नीतिनिर्माता, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी र युवा गरी करिब दुई सय जनाको सहभागिता छ ।

इसिमोडका महानिर्देशक डा डेभिड मोल्डेनले जलवायु परिवर्तनबाट खासगरी पर्वतीय मुलुकका बासिन्दा बढी प्रभावित भएकाले उनीहरुको पानी, ऊर्जाजस्ता आधारभूत सेवाका लागि हिन्दुकुश क्षेत्रमा राष्ट्रबीच सहयोग एवं समन्वय अभिवृद्धिमा जोड दिइएको उल्लेख गर्नुभयो ।

सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूहका अध्यक्ष डा होयसुङ ली, कार्यसमूह पहिलोका सहअध्यक्ष डा पान्माओ जाई, दोस्रो समूहका डा जोय जाक्विलाइन पेरिस र तेस्रो समूहका सहअध्यक्ष डा प्रियादर्शी आर. शुक्लाले समूहमार्फत जलवायु परिवर्तन क्षेत्रमा गरिएका विभिन्न अध्ययन प्रतिवेदनका बारेमा प्रकाश पार्नुभएको थियो । रासस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments