सात पटकका फर्मुला वान जितेका ४० वर्षिय माइकल शूमाकर छ महिना सम्म कोमामा रहेपछि बाहिर निस्केका छन् । अस्पतालका अनुसार उनलार्इ अब कोमामा राख्नु पर्ने छैन । उनलार्इ अहिले स्विजरल्याण्डको लुसेन युजिभर्सिटि हस्पिटलमा राखिएको छ ।

२९ डिसेम्बर २०१३ मा फ्रान्सको मेरिबल रिसोर्टमा छुट्टि मनाउन गएका बेला फ्नै छोरा संग स्किङ्ग गर्ने क्रममा चिप्लेर चट्टान संग ठोक्किन पुगेका थिए । त्यो घटनामा उनको दिमागमा रगत जमेको थियो । त्यो रगत निकाल्न उनको दिमागको दुइवटा शल्यक्रिया गरीएको थियो ।

Comments