मेलबर्न । भिक्टोरियावासी नेपालीहरुले अष्ट्रेलियामा रहेर नेपाली नयाँ वर्षको उमंगमा झुम्ने अवसर पाउने भएका छन् । भिक्टोरियामा रहेको चितवन समाज भिक्टोरियाले “नेपाली न्यु इयर, विद आवर सिनियर” कार्यक्रमको आयोजना गरि यो सुअवसर प्रदान गर्न लागेको हो ।

नयाँ वर्ष २०७४ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा पाका उमेरका व्यक्तिहरुको लागि रमाईला खेलहरु, सांगीतिक प्रस्तुतिहरु, फोटोग्राफी, नेपाली खाना र बार्बिक्वु मूख्य आकर्षण रहने आयोजकले बताएका छन् ।

पाका व्यक्तिहरुसंग नयाँ वर्ष मनाउने उद्देश्यका साथ उक्त कार्यक्रम अप्रिल ९, आईतबारका दिन हुनेछ । कार्यक्रम बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म कोबर्ग लेकमा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments