काठमाडौं । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री कमल थापाले निर्वाचन आयोगको निर्णय संविधानविपरित भएको बताउनु भएको छ ।

शनिबार राप्रपाको चुनाव चिन्ह ‘गाई’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा पार्टीअध्यक्षसमेत रहनुभएका थापाले आयोगकै कारण स्थानीय निर्वाचनको  वातावरण धमिलिन सक्ने बताउनुभयो । उहाँले आयोगले आफ्नो निर्णय नसच्याए उपप्रधानमन्त्री पदबाट राजीनामा दिएर सडकमा जाने चेतावनी दिनुभयो ।

आयोगले संविधानविपरित भएको भन्दै राप्रपाको विधान अध्ययन गरी हिन्दुराष्ट्र र राजसंस्थासम्बन्धी व्यवस्था हटाउन निर्देशन दिएपछि अध्यक्ष थापाले आयोगप्रति असन्तुष्टि जनाउनु भएको छ ।

आफ्नो पार्टीको मुख्य एजेण्डा नै हिन्दूराष्ट्र र राजसंस्था भएको भन्दै अध्यक्ष थापले यसलाई हटाउने निर्वाचन आयोगको निर्णय स्वीकार्य नहुने बताउनु भयो । निर्वाचनमा जाँदा दलहरुले नै आफ्नो एजेन्डा तय गर्ने र त्यसमा निर्वाचन आयोगले हस्तक्षप गर्न नहुने बताउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments