काठमाडौ । निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्र’ भन्ने शब्दावली हटाइदिएको छ ।

राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकतापछि आयोगमा पठाइएको राप्रपाको विधानबाट संविधानविपरीतका शब्द समेटिएको भन्दै आयोगले राजतन्त्र र हिन्दु राष्ट्र शब्दावली झिकेर विधान स्वीकृत गरेको हो । राप्रपा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको नारा लिएर चुनावमा जाने गरेको छ ।

आयोगले एकता महाधिवेशन (फागुन ६ देखि १०) बाट पारित राप्रपाको विधानको प्रस्तावनाको चौथो बुँदामा उल्लिखित ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र एवं राजसंस्था’ वाक्यांश हटाउने निर्णय गरेको हो ।

हिन्दु राष्ट्र भन्ने वाक्यांश संविधानको धारा (४) मा उल्लेख धर्मनिरेपक्ष र राजसंस्था भन्ने वाक्यांश गणतन्त्रको भावनाविपरीत भएको भन्दै राप्रपाको विधानबाट हटाइएको आयोगको निर्णयमा उल्लेख छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments