काठमाडौं । दश वर्षअघि (विसं२०६४) १३ लाख ३४ हजार १ सय ९५ विद्यर्थी कक्षा १ मा भर्ना भएका थिए ।

तीनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत्र ३ बाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई) मा सहभागीता जनाउँदै छन् ।

एक दशकको अवधिमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी बीचमै हराएको सरकारी तथ्यांकले प्रमाणित गर्छ ।

७ लाख ९६ हजार १३ अर्थात् झण्डै ८ लाख विद्यार्थी कहाँ हराए त ?

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार सरकारले हालसम्म स्कुल भर्ना भएका नानीहरुलाई निरन्तर टिकाइराख्न सिक्ने÷सिकाउने पद्धति बदल्न नसकेको कारण ठूलो संख्याका विद्यार्थीले विद्यालय छाडेका हुन् ।

Comments