काठमाडौं । आर्थिक घोटाला गरेको अभियोगमा अभिनेता भुवन केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

उनी विरूद्ध ’ड्रिम्स’का सह निर्माताले आफ्नो लगानीको हिसाबकिताब नबुझाई आफूलाई ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । उजुरी दिएपछि अभिनेता भुवन सोमवार प्रहरी कार्यालयमा पुगेका थिए ।

उनले अमेरिकामा बस्दै आएका कृष्ण पाण्डेसँग ’ड्रिम्स’ फिल्ममा करिब १० लाख रूपयाँ लगानी गर्न लगाएका थिए । फिल्मको क्रेडिट लाइनमा पाण्डे सह–निर्माताका रूपमा उल्लेख छन् । उनले भुवनविरूद्ध काठमाडौं प्रहरी परिसरमा गएर उजुरी दिएका थिए ।

उजुरीपछि प्रहरीले भुवनलाई सोधपुछ तथा छलफलका लागि परिसर बोलाएको प्रहरी स्रोतले जनाएको छ । भुवनले प्रहरीसमक्ष पाण्डे फिल्मको सह–निर्माता भएको स्वीकार्दै उनको हिसाबकिताब राफसाफ गर्ने कबुल गरेका छन् ।

उजुरीकर्ता पाण्डेले छलफलका क्रममा आफूहरूलाई फिल्म चलेको भए चलेको र नभए घाटाको हिसाब बुझाउन माग गरेका थिए ।

८ महिनाअघि ड्रिम्स पाइरेसीको मुद्दामा भुवनले आफूलाई करोड भन्दा बढी घाटा भएको भन्दै हाइलाइट्स नेपालबाट २५ लाख असुलेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments