काठमाडौं । मंगलबार (आज) नयाँ संरचनाअनुसार कायम ७४४ स्थानीय तहको औपचारिक रुपमा एकै पटक उद्घाटन हुँदैछ ।

ललितपुर महानगरपालिकाको प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेपछि देशभरका गाउँपालिका तथा नगरपालिकाले पनि नियमित कार्यसञ्चालन प्रारम्भ गर्नेछन् ।

स्थानीय विकास मन्त्रालयल सबै गाउँपालिका र नगरपालिकालाई सूचना जारी गर्दै कार्यसञ्चालन र कार्य प्रारम्भ समारोहको आयोजना गरी नयाँ संरचनाअनुसार कार्यसञ्चालन गर्न अनुरोध गरेको छ ।

सबै स्थानीय तहको उद्घाटन ललितपुरको कार्यक्रमबाटै गर्न लागिएको हुँदा नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रत्यक्ष प्रशारण हुँदैछ । प्रधानमन्त्री दाहालले देशैभरका नगरपालिका र गाउँपालिकालाई एकैसाथ सन्देश दिने कार्यक्रम राखिएको छ ।

सरकारले फागुन २७ गते राजपत्रमा प्रकाशित गरी ४ महानगरपालिका, १३ उपमहानगरपालिका २४६ नगरपालिका र ४८१ गाउँपालिका गरी ७४४ स्थानीय तह कार्यन्वयनमा आएको घोषणा गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments