काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले जित निकाल्दै शीर्ष स्थानमा कायम रहेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–२ ले हराएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा भिल्लारियलले पहिलो अग्रता लियो । ५० औं मिनेटमा ट्रिगुएरोस मुन्ओज र ५६ औं मिनेटमा बाकाम्बुले गोल गरेपछि भिल्लारियलले २–० को अग्रता लियो ।

२–० ले पछि परेको अवस्थाबाट रियल मड्रिड खेलमा फर्कियो । ६४ औं मिनेटमा ग्यारेथ बेलले रियलका लागि पहिलो गोल गरे ।७४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा क्रिष्टियानो रोनाल्डोले रियलका लागि बराबरी गोल फर्काए ।

८३ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि रियल मड्रिड ३–२ ले विजयी भयो ।

खेलमा रियल मड्रिडले पाएको पेनाल्टी भने विवादित रह्यो । ७३ औं मिनेटमा भिल्लारियलका भिक्टर रुइजले रियलका टोनी क्रसलाई रोके । त्यसक्रमा प्रहार भएको बल भिल्लारियलका ब्रुनो सारिएनोको काँधमा ठोक्कियो ।

रेफ्रि गिल मान्जोनोले ह्याण्डबल सोचे र रियल मड्रिडलाई पेनाल्टीको अवसर दिए । त्यसपछि भिल्लारियलका स्टाफले टचलाईनमा फोर्थ अफिसियलसँग विवाद गरे । भिल्लारियलका रोबर्टो साल्डाडोले पहेँलो कार्ड पाए । जितपछि शीर्ष स्थानको रियल मड्रिको २३ खेलबाट ५५ अंक भएको छ । रियल दोस्रो स्थानको बार्सिलोना भन्दा एक अंकले अघि छ र उसले भन्दा एक खेल कम खेलेको छ । तेस्रो स्थानको सेभिल्लाको ५२ अंक छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments