काठमाडौं।  पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ । राजदूत नियुक्ति, भ्रातृसंस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको  छ ।

पौडेल पक्षको शनिबार भएको बैठकमा नेताहरूले ‘अब देउवाबाट पार्टी चल्दैन’ भन्दै आ–आफ्ना धारणा राखेका थिए । तर, देउवालाई पत्र बुझाउँदा भने उनीहरूले नरम भाषा प्रयोग गरेका थिए । ९ कात्तिकको केन्द्रीय समिति बैठकयता देउवाले बैठक बोलाएका छैनन् ।

केही दिनमै केन्द्रीय समिति बैठक नडाके अरु सदस्यहरूले पनि हस्ताक्षर गरेर दबाब बढाउने तयारी पौडेल पक्षको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments