मेलबर्न । अष्ट्रेलियाको न्यूसाउथ वेल्समा ’प्यारेन्ट टुर’ कार्यक्रम सम्पन्न भएको छ । शनिवार वार्रगम्बा ड्याममा आयोजित कार्यक्रममा अष्ट्रेलिया भ्रमणमा रहनु भएका नेपाली अभिभावकहरुलाई सम्मान गरिएको थियो ।

एनआरएन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा आठ सय जना भन्दा बढी नेपालीहरुको सहभागीता रहेको थियो ।

अष्ट्रेलिया भ्रमणमा रहनुभएका अभिभावकहरुलाई सुखद बसाईको कामना गर्दै कार्यक्रम आयोजना गरिएको आयोजक मध्येका दिनेश पोखरेलले बताउँनुभयो । उहाँले पत्रकार, स्वयंसेवक, प्रायोजक, संघ संस्था लगायतको सहयोगले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

तस्बिर :दिनेश पोखरेलको फेसबुक वालबाट

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments