मेलबर्न । नेपाली युवा पुस्ता माझ लोकप्रिय गायक विपुल क्षेत्री फेरि अष्ट्रेलिया टुरका लागि आउने भएका छन् ।

माया इभेन्ट्सको आयोजनामा आउँदो अगस्ट महिनामा हुन लागेको अष्ट्रेलिया टुर २०१७ मा बिपुल क्षेत्री एण्ड द ट्राभलिङ ब्याण्डको प्रस्तुति रहने भएको हो ।

विपुल क्षेत्री यतिखेर नयाँ पुस्ताका लोकप्रिय गायकको रुपमा नेपाली सांगीतिक क्षेत्रमा उदाएका छन् । गायक क्षेत्रीको ’सिन्डिकेट’ गीत नेपाली युवा पुस्ताबीच निकै लोकप्रिय छ । त्यस्तै उनका ’जुनकिरी’, ’राम साइली’, ’नौलाख तारा’ आदि गीतहरुले पनि संगीतप्रेमीहरुको मन जितिरहेका छन् ।

’अष्ट्रेलिया टुर २०१७’ अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, एडेलेड र पर्थमा हुनेछ ।

Comments