काठमाडौं । बर्षकै प्रतिक्षित चलचित्र ‘लुट २’ आउँदो शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । दर्शकहरुको ओभर फ्लो हुने सम्भावनालाई मध्यनजर राख्दै अग्रीम बुकिङ खुल्ला गरिएको छ ।

चलचित्र लुट २ को बुकिङ खुलेको केहि समयमा नै अधिकांश शोको टिकट बुक भइसकेको छ । लुट २ लाई क्युएफएक्सले २२ शो दिएको छ । जसमा बुधबार सम्म २० शो रिर्जभ भइसकेको छ । शनिबारको लागि पनि अधिकांश शोहरु रिजर्भ भैसकेका छन् । अग्रीम बुकिङप्रति दर्शकहरुले देखाएको चासोबाट लुट २’ को पहिलो दिनमा १ करोडको ओपनिङ गर्न सक्ने अनुमान गरिएको छ ।

निश्चल बस्नेत निर्देशित चलचित्र लुटले ४ बर्ष अघि नेपाली चलचित्र इतिहासमा सर्वाधिक व्यापार गर्न चलचित्रको नाममा रेकर्ड राखेको थियो । त्यही चलचित्र लुटको सिक्वेलको रुपमा रहेको चलचित्र लुट २ मा दयाहाङ राई, सौगात मल्ल, सृजना सुब्बा, कर्मा शाक्य,कामेश्वर चौरासिया,ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

माधव वाग्लेको निर्माण रहेको चलचित्रको ठमेल बजार गीत युट्युबमा निकै रुचाइएको छ । यो गीत अहिलेसम्म एक करोड भन्दा बढिले हेरिसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments