एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो बचाउ गर्दै सञ्चारमाध्यमको चर्को आलोचना गर्नुभएको छ । ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो सरकारभित्र अराजकता देखिएको आरोप अस्वीकार गर्दै सञ्चारमाध्यमले बेइमानी गरेको आरोप लगाउनुभयो ।

७६ मिनेट लामो पत्रकार सम्मेलनमा उहाँले पत्रकारको बेइमानीको स्तर नियन्त्रणभन्दा बाहिर गएको टिप्पणी पनि गर्नुभयो । मुश्लिम बहुल्यता सात देशका नागरिकमाथि लगाइएको विवादस्पद प्रतिबन्धलाई कायम राख्न अर्को हप्ता संशोधित निर्णय आउने पनि उहाँले बताउनुभयो ।

आफ्नो चुनावी अभियानका क्रममा मस्कोसँगको सम्पर्कबारे सञ्चारमाध्यमले प्रसारण गरेका खबर उल्लेख गर्दै ट्रम्प आक्रामक रुपमा प्रस्तुत हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा गरेका बाचाहरु पूरा गरेको र पहिलो हप्ता आफ्नो प्रशासनले एकदमै सहज रुपमा काम गरेको पनि दाबी गर्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments