बुटवल। बोक्सी आरोपमा रुपन्देहीमा दुई महिलालाई अर्धनग्न बनाएर कुटपिट गरिएको छ । एकैघरका आमा छोरीलाई बोक्सीको आरोपमा छिमेकीले कुटेका हुन् ।

सुर्यपुरा गाविस ७ क्षत्रापुरा बस्ने ५८ बर्षीय माल्ती केवट र उनकी छोरी आरती केवटमाथि कुटपिट भएको हो । छोरा बुहारीलाई बोक्सी लगाएको आरोपमा छिमेकीबाट उनीहरु कुटिएका हुन् ।

आफ्ना छोरा बुहारीलाई बोक्सी लगाएको भन्दै छिमेकी रामनयन लोध, उनका छोरा विनोद लोध र साला नाता पर्ने युवासहितले दुई महिलामाथि कुटपिट गरेका हुन् । उनीहरुले शनिबार राती घर घेरा हालेर कुटेका थिए । आमालाई कुटपिट गरेपछि बचाउन पुगेकी छोरीलाई पनि उनीहरुले कुटेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई एक घण्टामै छोडेको पीडितले बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments