काठमाडौं । अमेरिकी ई डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने लगभग निश्चित भएको छ ।

कार्यक्रम बन्द गर्ने विधेयक अमेरिकी संसदमा पेश भएको छ ।  रिपब्लिकन सिनेटरले संसदमा यस्तो विधेयक प्रस्ताव गरेका हुन् ।  टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ ।

यस्तै फेमेली कोटा अन्तर्गत अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्नो दाजुभाइ दिदी बहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नेछन् ।

यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुनेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रचारकै समयमा घोषणा गरेको डिभी कार्यक्रम अनुसार उक्त प्रस्ताव संसदमा पेश भएको हो । अमेरिकाले विश्वभरबाट वर्षेनी ५० हजार जनालाई अमेरिका प्रवेश गराउँदै आएको छ ।

विधेयक दर्तापछि टोम कटनले आप्रवासीको संख्या घटाउँदा अमेरिकीले फाइदा लिनसक्ने बताए ।

Comments