एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा तस्विर अहिले निकै भाइरल र मजाकको विषय बनेको छ । नुहाइसकेपछि लगाउने कपडा (स्नानवस्त्र) लगाएर खिचेको तस्विर यतिबेला हाँसो र मजाकको विषय बनेको छ । ट्रम्पको यो तस्विरलाई कतिपयले फोटोशपको सहायताले फरक–फरक स्वरुप दिएका छन् ।

विभिन्न स्वरुप दिइएको राष्ट्रपति डोनाल्ड ट्रम्पको स्नानवस्त्रवाला तस्विरमा बेडमाथि पल्टिएर टेलिभिजन हेर्न लागेकोदेखि रुसी राष्ट्रपति भ्यादिमीर पुटिनको कम्युटर र चस्मामा समेत त्यस तस्विरलाई देख्न सकिन्छ ।

यस तस्विरलाई लिएर ह्वाइट हाउसका प्रेस सेक्रेटरी शान स्पीयरले असन्तुष्ट व्यक्त गरेका छन् । उनले असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, ‘यो तस्विर केवल एक कल्पना हो । राष्ट्रपतिले कहिल्यै पनि यस्तो कपडा लगाउँदैनन् ।’

स्पीयरले दिएको अभिव्यक्ति लगत्तै स्पीयरलाई गलत सावित गर्नका लागि ट्वीटर प्रयोगकर्ताहरुले यस्तै स्वरुपका तस्विरहरु शेयर गरिरहेका छन् ।

जब यो तस्विरलाई लिएर स्पीयर रिसाए तब केही मानिसहरुले यसलाई अझ फरक–फरक स्वरुप दिदैँ फोटोशपमार्फत अभियान नै चलाइदिए । फोटोशपको यो लडाई बिहीबार ट्वीटर ट्रेण्डको एक नम्बरमा नै पर्यो ।

न्यूयोर्क टाइम्सले आइतबार मात्रै राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस प्रवेशको दुई साताका विषयमा एउटा लेखसँगै केही तस्विर प्रकाशित गरेको थियो । त्यही लेखसँगै ट्रम्पले स्नानवस्त्र लगाएका एउटा तस्विर पनि थियो ।

ह्वाइट हाउसका प्रेस सेक्रटरी स्पीयरले यो तस्विर गलत हो भन्दै प्रकाशित लेखमा भएका धेरै विषय पनि गलत भएको बताएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments