काठमाडौं । नेपालको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले मध्यपश्चिमको सुन्दर पर्यटकीय क्षेत्र रारामा पहिलोपटक मन्त्रिपरिषद बैठक गर्ने तयारी गरेको छ ।

समग्र देशको पर्यटनलाई सकारात्मक सन्देश दिन रारा क्षेत्रमा छिट्टै मन्त्रिपरिषदको बैठक राख्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन व्यवसायीको मागअनुसार मैले रारामा एउटा क्याबिनेट राखेर विश्वव्यापी प्रचार गर्ने तयारी गरेको छु, म दुई पटक रारा पुगेको छु, त्यहाँ अन्तर्राष्ट्रियस्तरको होटल बनाउने प्रक्रिया पनि अघि बढाइँदैछ, रारा पुग्ने बाटो पनि बनिरहेको छ ।”

प्रधानमन्त्रीकै अध्यक्षताको पर्यटन परिषद्को बैठक छिट्टै बसेर पर्यटन विकासका एजेण्डा सम्बोधन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाले नेपाललाई आर्थिक रुपमा आत्मनिर्भर बनाई राष्ट्रिय अर्थतन्त्रको विकासका लागि सरकारले आवश्यक नीति र योजना ल्याउनु पर्ने खाँचो औँल्याउनुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, पर्यटन व्यवसायी दीपक महत, गणेश सिंखडा, गोपालबाबु श्रेष्ठ, दामोदर घिमिरे लगायतले मुलुकको पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस अवसरमा माओवादी केन्द्र पर्यटन विभाग इन्चार्ज लोकेन्द्र विष्ट मगरले प्रस्तावित नेपाल पर्यटन व्यवसायी सङ्गठनको नवराज दाहाल संयोजक रहेको १५१ सदस्यीय संयोजन समिति र २७ जना सल्लाहकार समिति घोषणा गर्नुभयो ।

समितिले तीन महिनाभित्र राष्ट्रिय सम्मेलन गर्नेछ । यसअघिका केन्द्र निकटका व्यवसायी संस्था एकीकृत पर्यटन व्यवसायी सङ्गठन (युटिन), नेपाल पर्यटन व्यवसायी मञ्च र वैद्य माओवादी निकट व्यवसायीबिच एकता भएको हो । रासस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments