काठमाडौ । आर्सनलको इंग्लिस प्रिमियर लिगको उपाधि होडमा धक्का लागेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल वाट्फोर्डसँग २–१ ले पराजित भएर तेस्रो स्थानमा झरेको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनल सुरुको १३ मिनेट भित्रमै वाट्फोर्डसँग २–० ले पछि पर्‍यो । १० औं मिनेटमा युनेस केबुल र १३ औं मिनेटमा ट्रोय डिनीले गोल गर्दै वाट्फोर्डलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफमा २–० ले पछि परेको आर्सनलका लागि ५८ औं मिनेटमा एलेक्स इवोबीले एक गोल फर्काए । लुकास पेरेजले प्रहार गरेको बल पोस्टको माथिल्लो भागमा लागेर फर्किएपछि आर्सनलले बराबरी गर्न सकेन ।

वाट्फोर्डले २८ वर्षपछि प्रमुख प्रतिस्पर्धामा आर्सनललाई हराएको हो । यसअघि सन् १९८८ मा वाट्फोर्डले आर्सनललाई हराएको थियो । हारपछि शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी छोट्याउने मौका गुमाएको आर्सनलको २३ खेलबाट ४७ अंक भएको छ । राति नै भएको खेलमा सन्डरल्याण्डसँग गोलरहित बराबरी खेलेको टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ । टोनटनह्यामको पनि ४७ अंक नै छ तर गोल अन्तरका आधारमा उसले आर्सनललाई पछि पारेको हो । शीर्ष स्थानको चेल्सीको ५६ अंक भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments