पोखरा । पोखरामा जारी १५ औं आहा रारा गोल्डकप फुटबलमा पूर्व घोषित बंगलादेशी टिम नआउने भएको छ । आयोजक सहारा क्लबका अनुसार मंगलबार खेल्न आउने भनेको प्राराजगज स्पोटिङ्ग क्लब प्राविधिक कारणबस नआएको हो ।

त्यो क्लबको सट्टा बंगलादेशबाटै अर्को क्लब आएको छ । मंगलबार हुने अन्तिम क्वाटरफाइनलमा नारायणगज एफसी बंगलादेश र संकटा क्लबबिच सेमिफाइनल प्रवेशका लागि प्रतिश्पर्धा हुनेछ ।

संकटा नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो भने प्राराजगज स्पोटिङ्ग क्लब बाई पाएर सिधै क्वाटरफाईनलमा पुगेको थियो तर प्राविधिक कारण त्यो क्लब नआउने भएपछि बंगलादेशकै अर्को क्बल नारायणगज एफसी खेल्ने भएको हो ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments