काठमाडौं । सन् १९८७ को विश्वकप क्रिकेट जित्ने अष्ट्रेलियाली टिमका सदस्यले ३० वर्षपछि मेडल प्राप्त गरेका छन् । आइतबार सिड्नीमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले खेलाडीहरुलाई मेडल प्रदान गरेको हो ।

टिमका कप्तान एलन बोर्डरसहित टिमका १४ जना खेलाडी, तत्कालिन प्रशिक्षक बब सिम्पसोन, टिम व्यवस्थापक अलन क्रोम्पटोन र फिजियो इर्रोल अलकोट्टले पदक पाएका हुन् । भारत र पाकिस्तानले संयुक्त रुपमा आयोजना गरेको १९८७ को विश्वकप क्रिकेटको फाइनल भारतको कोलकातामा भएको थियो । फाइनलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै पहिलो पल्ट विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।तर त्यतिबेला  विजेता टिमलाई विश्वकपको ट्रफि प्रदान गरिएको भएपनि उपाधि जित्ने खेलाडीलाई कुनै पनि पदक दिइएको थिएन ।

विश्वकप क्रिकेट जित्ने खेलाडीलाई पदक तथा पुरस्कार दिने जिम्मा प्रतियोगिता आयोजक देशको क्रिकेट संघको हुने भए पनि ३० वर्षसम्म पदक नपाएका अष्ट्रेलियाली खेलाडीलाई भने आइसिसीलेपदक दिएको हो । आइसिसीले पोहोर नै १९८७ को विश्वकप जित्ने खेलाडीलाई पदक वितरण गर्ने निर्णय गरेको थियो । ‘हामी क्रिकेट अष्ट्रेलिया र आइसिसीप्रति कृतज्ञ छौं’ सिड्नीमा पदक पाएपछि बोर्डरले भने ‘यो समूहका सबै एक पटक जम्मा हुँदा धेरै रमाइलो लागेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.
career-in-aus

Comments