काठमाडौं । सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गर्नुभएको छ ।

कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गर्नुभएको हो । राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उहाँलाई ५ बर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो ।

विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गत बिहीबार आफ्ना सहयोगी मार्फत राहदानी फिर्ता गर्नुभएको हो ।

Comments