अर्घाखाँची। पुस २८ गते, विहिवार अर्घाखाँची सदरमुकाम सन्धिर्खकमा आयोजन गरिएको अर्घाखाँची महोत्सवको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले सम्बोधन गदै गर्दा पाँच नम्वर विभाजन भन्दा राष्ट्रको निकास महत्वपुर्ण भएकोले सिमाङ्ककनमा विवाद नर्गन आग्रह गदै गरेको मन्तव्य राख्दै गर्दा विपक्षी दलका सहभागीहरुले आक्रोसित भई ढुङ्गामुढा गरेपछि कार्यक्रम स्थल तनाव ग्रस्त भएको थियो ।

सहभागीले आचार्यले माफी माग्नु पर्ने माग राखेपछि आयोजकले कार्यक्रम स्थगत गरेका थिए । तेस्रो बक्ताका रुपमा रहेका आचार्यको माफी माग्ने अडान लिएपछि कार्यक्रम स्थगित भएको थियो र उर्जामन्त्रि आफनो मन्तव्य नराखी ढिला भएको भन्दै काठमाण्डौ फिर्ता भएका हुन् । महोत्सव भने जारी रहेको छ ।

Comments