व्यवस्थापिका–संसद्मा विनियाृेजन विधेयक माथिको छलफल जारी रहेको छ ।

आज पनि मन्त्तालयगत शीर्षका विषयमा छलफल हुनेछ । हिजो विनियोजन विधेयक, २०७१ अन्तर्गत कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको र आज बाँकी मन्त्रालयमा छलफल हुने बताइएको छ  ।

कुन मन्त्रालयका विषयमा छलफल गर्ने भन्ने टुङ्गो संसद बैठकअघिको कार्यव्यवस्था समितिको बैठकले लगाउने छ । आज सून्य समय, विशेष समय र ढ्याप ढ्यापे समय नदिएर बजेटमा छलफल केन्द्रित गर्ने तयारी छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Comments